प्रधानमन्त्रीको कदम देशका लागि दुभाग्यपुर्ण भयो : नेता भट्टराई



काठमाडौं । पुर्व मन्त्री एवम् नेकपाका नेता योगेश भट्टराईले चुनाव चिन्ह सुर्य नेकपाकै हुने दाबी गरेका छन ।

नेपालगन्जमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्न आएका भट्टराईले वैधानिक रुपमा सुर्यमा आफनो समुहको हुने दाबी गरे । प्रशिक्षण कार्यक्रममा भट्टराईले संसद विघटन गरेर ओलीले अक्षम्य गल्ती गरेको भन्दै प्रचण्ड–नेपाल समूहले नै सुर्य चिन्ह पाउने भनाई राखे ।

प्रधानमन्त्रीको पछिल्लो कदम देशका लागि दुभाग्यपुर्ण समेत भएको नेता भट्टराईको भनाई छ । संसद विघटन मुलुक र नेकपा पार्टीको लागि दुर्भाग्यपूर्ण भएको भन्दै त्यसको बिरोधको लागि सडकमा उत्रन तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

प्रशिक्षणका क्रममा उनले पार्टी एकताको मर्म र भावना विपरित ओलीले देशलाई वर्वादीतर्फ धकेलेको आरोप समेत लगाएका छन । पार्टी एकताको बाँकी काम टुंग्याउने क्रममा रहेका बेला एउटा समूहले बखेडा झिकेर मुलुककै लागि अहितपूर्ण काम गरेको भट्टराईको भनाई थियो ।

कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा संविधान सभा सदस्य दलबहादुर सुनारले संसद पुनस्थापनाका लागि आन्दोलन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्