अविश्वासको प्रस्तावको सामना सजिलै गर्छु : मुख्यमन्त्री राई



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावको सामना आरामले गर्ने बताएका छन् । आइतबार पत्रकारहरूसँगको कुराकानीमा मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको सामना सजिलै गर्ने बताए ।

मुख्य मन्त्रीले नराम्रो काम गरेर, काम गर्ननसकेर वा नालायक भएर अविश्वासको प्रस्ताव दर्ता नभएको स्पष्ट पारे । ‘प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव बनिबनाउ, सुनियोजित निर्देशित चालबाजी हो भन्नेकुरा प्रदेशसभा सदस्यहरूलाई राम्ररी थाहा भएकाले सुविधाजनक बहुमतका आधारमा अविश्वासको प्रस्तावको सामना गर्छु’, उनले भने ।

नेकपा एउटै नभएकाले दलभित्र बहुमतको अर्थ नरहेको उनले स्पष्ट पारे। संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउनुपर्नेमा विधानको उलंघन गर्दै प्रदेश सभामा प्रस्ताव लिएर गएको उनको भनाई छ । ‘संसदीय दलमा ल्याउनुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गर्नु विधान विपरित छ’, उनले भने ।

नेपाली कांग्रेस विना सरकार बन्ने अवस्था नभएको राईले स्पष्ट पारे । एउटा कोठामा गरिएको गणीतिय गणनाको अर्थ नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्