काठमाडौं आइपुग्यो चिनियाँ कम्युनिष्ट पार्टीको टोली



काठमाडौं । नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो ।

चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन । यद्यपि चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्