छोराले बियर खाएर रमाइलो गरोस् भनेर पिताले मर्नुअघि छोडे ११ सय रुपैयाँ…



आफ्नो मृत्यु हुनभन्दा अघि एक व्यक्तिले आफ्नी श्रीमतीलाई केही पैसा छोडे । यसको कारण सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । हरेक पिता आफ्नो छोरा साधारण भएको हेर्न रुचाउँछन् । मदिरा सेवन नगरोस् भन्ने चाहन्छन् । तर यी व्यक्तिले भने मृत्यु हुनुभन्दा अघि श्रीमतीलाई छोराले मदिरा पिउने वैधानिक उमर पुगेपछि बियर पिएर रमाइलो गर्न सकुन् भनेर पैसा छोडेर गए ।

यतिबेला बाबुछोराको यो रमाइलो घटनाले निकै नै चर्चा पाइरहेको छ । प्राप्त जानकारी अनुसार म्याट गुडम्यान नामका २१ बर्षका युवकले आफ्नो पिता सँगै भएको भए आज उनीसँगै रमाइलो गर्न पाउने सोचे । उनलाई बुबाले आफूलाई बियर खान पैसा छोडेरगएको कुरा भने थाहा थिएन ।

अमेरिकाको मासाचुसेट्सका म्याटका पिता जोन गुडम्यानको मृत्यु ६ वर्ष पहिले भएको थियो । उनलाई क्यान्सर थियो । तर, उनले मृत्युपूर्व नै आफ्नी पत्नीलाई १० डलर दिएका थिए ताकि छोरा २१ वर्षका भएपछि यो पैसाले बियर किनेर पिउन सकुन् ।

लामो समयसम्म म्याटकी आमा र दिदीले यो कुरा लुकाएर राखे र जब उनी २१ बर्षका भए तब बुबाले बियर खान दिएको पैसा म्याटलाई दिए । म्याटले ट्वीटरमा पिताले दिएको पैसाले बियर पिएको जानकारी शेयर गरेका छन् । यो ट्वीटले बियर कम्पनी बडवाइजरको पनि ध्यान तान्यो र कम्पनीले म्याटलाई ८ कार्टुन बियर उपहार दियो ।

प्रतिक्रिया दिनुहोस्