प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाए : भीम रावल



काठमाडौं । नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् ।

उनले चुनावको मिति तोकेर पदबाट राजीनामा दिनुको सट्टा निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरेको आरोप लगाएका छन् ।

उनको स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेको रावलको टिप्पणी छ।

ट्वीटरमा लेख्दै रावलले देश, जनता र पार्टीप्रति ओलीले विश्वासघात र संविधानमाथि घात गरेको बताएका छन् ।

रावल नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड-माधव नेपाल पक्षधर नेता हुन् । संसद बिघटनपछि प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्