‘ प्रमओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी, स्वच्छाचारी कदम हो ’ नेकपा नेता शर्मा



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पस्चिम रुकुमले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको घटना अत्यन्त दुखद र निन्दनीय भएको बताएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै संविधानमा हुदैँ नभएको प्रावधानको हवाला दिदैँ र राष्टिय, अन्तराष्टिय अनुभवको हाँस्यास्पद तर्क गर्दै प्रधानमन्त्री र राष्टपतिको मिलि भगतमा चालिएको यो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी, स्वच्छाचारी कदमको रुपमा संक्षेपण गर्दै पार्टी केन्द्रीय कमिटीले गरेको केपी शर्मा ओलीलाई कारवाही गर्ने लगायतका निणर्यहरु नेकपा पस्चिम रुकुमले द्रुढतापूर्वक समर्थन जनाएको छ ।

प्रम ओलीले लोकतन्त्र, विधिको शासन, जनमत र पार्टी अनुशासनलाई कुल्चदैँ आफूलाई एक अधिनायकवादी सम्राटको रुपमा उभ्याउन खोजेका केपी ओली इतिहासको एक कलंकित शासनको सुचीमा दर्ज भैसकेका छन् र उनले पतन पनि इतिहासका कलंकित शासकको जस्तै हुने निधित भएको बिज्ञप्तीमा जनाईएको छ।

नेकपा रुकुम पस्चिमका अध्यक्ष गोपाल शर्मा र पार्टी सचिब बिमलकुमार पुनद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ‘ केपी प्रवृत्ति राष्टले बेर्होर्नु परेको गम्भिर संकटबाट मुक्ति दिलाउन पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार संघर्षको मोर्चामा व्यापक र संक्रिय सहभागी हुदैँ पार्टीलाई अझ एकीकृत र सृदृढ गर्ने कार्यमा लागि पर्न रुकुम (पश्चिम) मा क्रियाशाील सम्पूर्ण पार्टी पंति र आम समुदायमा हार्दिक अपिल गर्दछौँ ’।

प्रतिक्रिया दिनुहोस्