
बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जिल्लामा लागू औषधलाई निस्तेज गर्नको लागि लागू औषध महाअभियान २०७७ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । बाँकेका ८ वटा स्थानीय तहका ८१ वटा वडाका वडा अध्यक्षको संयोजकत्वमा लागू औषध विरुद्धको वडास्तरीय समिति निर्माण भैसकेको छ र काम पनि सुरु भैसकेको छ ।
एसपी ओम बहादुरका अनुसार जिल्लाका लागूऔषधकै कारण ७० प्रतिशतले अपराध बढेकाले यो महाअभियान सञ्चालनमा ल्याउनु परेको बताएका छन् । जिल्ला प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ६१ वटा मुद्दामा ८३ जना प्रक्राउ परेका छन् ।
कार्यक्रममा केही प्रतिष्ठित व्यक्तिहरुलाई बोलाइएको थियो । सबैले यस अभियानले लागूऔषधबाट बढिरहेका अपराधहरुलाई निर्मुल गर्न मदत गर्ने बताएका छन् । साथै एसपी ओम बहादुरको कामको पनि निकै तारिफ गरेका छन् ।





