अध्यक्ष प्रचण्डले भने– ‘आन्दोलन पछिमात्रै प्रधानमन्त्री ओलीले गणतन्त्र स्वीकारेका हुन्’



आज बिहानैदेखि नेकपा (प्रचण्ड–नेपाल) समूहले संसद विघटन विरुद्ध आन्दोलन गरिरहेको छ । यसैबिच अध्यक्ष प्रचण्डले आज आन्दोलन चल्दै गर्दा प्रधानमन्त्री ओली बयलगाडाको कथा सुनाएर बसेको बताएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘आन्दोलन चल्दै गर्दा केपी ओलीले बयलगाडाको कथा सुनाएको हामीसवैले सुनेकै हौ । तरपछि आन्दोलन सफल भयो । उहाँले पनि म पनि गणतन्त्र स्वीकार्छु, भन्नु भयो । हामीले होला भनेर विश्वास गर्यौ । तर उहाँ मौका कुरेर बस्नुभएको रहेछ’, प्रचण्डले ओलीप्रतिको बुझाइमा आफूहरुको केही कमजोरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्