राजाकी गर्लफ्रेण्डका १४०० नग्न तस्बिर देशैभरी छ्यापछ्याप्ती भएपछि मच्चियो तहल्का…



थाइल्याण्डमा राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्यापछ्याप्ती भएपछि अहिले यो कुराले पुरा थाइल्याण्डमा हंगामा मच्चिएको छ । आफ्नी गर्लफ्रेण्डका फोटो लिक भएपछि राजा महा बाजीरालंकर्ण तनावमा परेका छन् । राजाकी गर्लफ्रेण्ड सिनिनित वोंगवाजीरापकडीका दुश्मनहरुले उनका यति धेरै नग्न फोटोहरु त्यहाँका राजतन्त्रविरोधी अभियन्ताहरुलाई पठाएको बताइएको छ । पठाइएका फोटोहरु धेरैजसो नग्न रहेका छन् ।

राजाकी पत्नी र गर्लफ्रेण्डबिच चलिरहेको झगडाका कारण यी तस्बिरहरु लिक भएको हुनसक्ने अनुमान लगाइएको छ । तर यसको वास्तविक कारण भने बाहिर आइसकेको छैन । तस्बिर पनि यस्तो समयमा भाइरल भयो कि भर्खरै राजाकी गर्लफ्रेण्ड जेलबाट छुटेर राजालाई भेट्न आएकी थिइन् । अचम्मको कुरा त के छ भने राजाले नै उनलाई जेल हालेका थिए । उनले रानीको छवि बिगार्न खोजेको भन्दै आफ्नै गर्लफ्रेण्डलाई जेल हालेका हुन् ।

रिपोर्टअनुसार सिनिनितका नग्न फोटोहरु थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका अभियन्ताहरुलाई पठाइएको छ । यी फोटोहरु २०१२ देखि २०१४ को बीचमा खिचिएको बताइएको छ । स्वयं सिनिनितले नै ती तस्वीर खिचेको अनुमान गरिएको छ । थाइल्याण्डको राजशाहीको आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि यी तस्वीरहरु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्