
आज बिहान फिलिपिन्समा ६.३ रेक्टरको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जानकारी दिएको छ ।
भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।





