बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा



बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अमर कट्टेल जो नेकपा प्रदेश संसदीय दलका उपनेता हुन्, उनीद्धारा प्रसताव दर्ता भएको हो ।

आज बिहान मुख्यमन्त्री पौडेल विरुद्ध प्रस्ताव दर्ता भएको हो । प्राप्त जानकारी अनुसार ४६ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री पौडेल विरुद्ध प्रस्ताव दर्ता गराइएको हो ।

यसैबीच बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्