आफ्नै कमाइले अर्बपति बने ९ बर्षका यी बालक, यसबर्ष मात्र कमाए २७ अर्ब…



९ बर्षका एक बालक अर्बपति बनेका छन, त्यो पनि आफ्नै कमाइले । यो कुरा सुन्दै अचम्म लाग्छ । हामी दिनरात मेहेनत गरेर काम गरिरहेका हुन्छौँ तरपनि खाना र लगाउन राम्रोसँग पुगिरहेको हुदैँन । यस्तोमा ९ बर्षका बालक आफ्नो कमाइले अर्बपति बने भनेर सुन्दा अचम्म लाग्नु स्वभाविकै हो ।

रेयान काजी नामका ९ बर्षिया बालकले डिजिटल प्लेटफर्म युट्युबबाट मात्रै २९.५ मिलियन डलर कमाएका छन् । त्यतिमात्र नभएर उनी २०२० मा युट्युबबाट सबैभन्दा धेरै कमाई गर्ने व्यक्ति समेत बनेका छन् । अमेरिकाको टेक्ससमा बस्ने रेयाले खेलौना रगेमलाई अनबक्स गरेको भिडियो राख्ने गरेका छन् । भिडियोमा उनले गेम र खेलौनाको रिभ्यू गर्छन् । उनले यो गेमबाट मात्र नभएर रेयान्स वर्ल्ड ब्राण्डेड टोय एण्ड क्लथिङबाट पनि उनले २०० मिलियन डलर कमाएका छन् ।

रेयानले हालै निकलोडिएनसँग आफ्नै टेलिभिजन सिरिजको पनि सम्झौता गरेका छन् । काजीको सबैभन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्राइज टोय च्यालेन्जको २ बिलियनभन्दा धेरै भ्यू छ । यो भिडियो युट्युबको इतिहासमा सबैभन्दा धेरै हेरिएका ६० भिडियोमध्ये एक हो । रेयानले २०१५ मा भिडियो बनाउन सुरु गरेका थिए । उनले खेलौनाको रिभ्यूको भिडियो हेर्न थालेपछि आफैंले भिडियो बनाउने आइडिया आएको थियो ।

उनको फ्यान फलोइङ पनि निकै राम्रो रहेको छ । ३ बर्षको मेहेनतमै उनले सर्वाधिक फ्यानको मन जितिसकेका छन् । उनी २०२० मा मात्र नभएर २०१८ र २०१९ मा पनि युट्युबबाट सबैभन्दा कमाइ गर्ने व्यक्ति बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्