फेरि बढ्यो सुनको मूल्य, तोलामा कति ?



शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा पुनः सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहाबार तोलामा ९४ हजार १ सय रुपैयाँमा सुनको कारोबार भैरहेको थियो भने आज ९४ हजार २ सयमा कारोबार भैरहेको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहिबार चाँदी तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भैरहेको थियो भने आजपनि सोही मूल्यमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्