प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा दाहाल-नेपाल समूहको माइतीघरमा प्रदर्शन…



प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको दाहाल–नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । आज बिहान पौडे १० बजेबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल सहित उनीहरुको समूहका केन्द्रीय सदस्य र विघटित प्रतिनिधि सभाका सदस्यहरुले माइतीघर अगाडी प्रदर्शन गरेका हुन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले प्रतिनिधिसभा भंग नभएको भन्दै छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गर’, ‘संवैधानिक कू मान्दैनौं’जस्ता नारा पनि लगाइएको छ ।

दाहाल–नेपाल समूहका ११४ सांसदसहित ३ सयभन्दा बढी केन्द्रीय सदस्य माइतीघर मण्डलामा भेला भएर एकसाथ निर्वाचन आयोग जान लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्