प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक



प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका ६ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । गत पुष ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

यसका साथै प्रधानमन्त्री ओलीले अब छिट्टै रिक्त पदमा मन्त्रीहरु नियुक्ति गर्ने तयारी गरिरहेका छन् । अब १–२ दिनभित्रै रिक्त पदमा मन्त्रीहरु नियुक्त हुने जानकारी गोप्य स्रोतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्