प्रधानमन्त्री ओलीको चेतावनी : ‘मलाई अझैपनि घेराबन्दी र अफ्ठ्यारोमा पार्दै जाने हो भने प्रदेश सभा पनि विघटन गरिदिन्छु’



संसद विघटन गरेपछि केपी प्रधानमन्त्री केपी शर्मा ओली विवादित बनिरहेका छन् । चारैतिरबाट आलोचित भएपछि प्रधानमन्त्री ओलीले आफूलाई अझै पनि घेराबन्दी र अफ्ठयारोमा पार्दै जाने हो भने सम्पूर्ण प्रदेश सभा समेत विघटन गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आफूसमर्थक प्रदेशासभाका मुख्यमन्त्रीहरूविरुद्ध अविश्वास प्रस्ताव आए प्रदेशसभा पनि भंग गरिदिने संकेत गरेका छन् ।

एक अन्तवार्तामा प्रधानमन्त्री ओलीले प्रदेश सभालाई अफ्ठयारो हुनेगरी नचाहिदाँ बहाना र हर्कत गरिरहे आफू गम्भिर कदम चाल्न बाध्य हुने जानकारी दिएका छन् । प्रधानमन्त्रीले ओलीले यस्तो अभिव्यक्ति दिएपछि यतिबेला प्रदेश सभ विघटन गर्ने अधिकार उनलाई छ वा छैन भन्ने विषयमा चर्चा भैरहेको छ ।

प्रधानमन्त्री ओलीले चाहे भने प्रदेश सभा विघटन गर्न सक्छन् । उनले सिफारिस राष्ट्रपति कहाँ पठाउन सक्छन् तर त्यो निर्णय राष्ट्रपतिले अनुमोदन गरेमा देशमा अर्को ठूलो संवैधानिक जटिलता आउन सक्छ ।

संविधान अनुसार प्रदेशसभा विघटनको निर्णय संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बहुमतले मात्र गर्न सक्छ। तर पनि प्रदेशका संघले हस्तक्षेप गरेमा त्यसलाई अनुमोदन गर्न केन्द्रको संसद् पनि बहाल नभएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्