काँग्रेसद्धारा संसद विघटनविरुद्द १३ गते प्रदर्शन गर्ने



काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विरोध प्रदर्शन घोषणा गरिएको उनको भनाइ छ । काँग्रेस वरिष्ठ नेता राचन्द्र पौडेल पक्षको जोडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्