केपी ओलीको अहंकारवाद र निरंकुशताका बिरुद्ध एकतावद्ध भएर लड्न अध्यक्ष शाहीको आह्वान



सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका अध्यक्ष धनजीत शाहीले बुधबार एक प्रेस विज्ञप्ती निकाल्दै केपी ओलीको अहंकार र निरंकुशताका बिरुद्ध वैचारीक र राजनैतिक हिसाबले लड्ने साहस राख्दै एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

अध्यक्ष शाहीले विज्ञप्ती मार्फत केपी ओलीले वैदैशिक शक्ति केन्द्रको हाँसो र नेपाली जनताको शिर निहुराउने काम गरेक स्पष्ट पारेका छन् ।

शाहीले निकालेको विज्ञप्तीमा भनिएको केपी ओलीको अहंकार र निरंकुशताको बिरुद्धमा
बैचारिक, राजनैतिक हिसाबले लड्ने शाहस राख्दै एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण यस जिल्लाका नेता कार्यकर्ता, समर्थक र शुभचिन्तक आदरणीय जनसमुदायमा हार्दिक अपील सहित विशेष अनुरोध गर्दछौं ।

‘प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीको कदम असंबैधानिक भएकाले न्यायलयले न्यायिक निर्णय लिने कुरामा विश्वास लिएका छौं’ अध्यक्ष शाहीले निकालेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्