

काठमाडौं । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ ।
एक पार्टी हुँदा बिष्णु पौडेल नेकपाका महासचिव थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बिहीबारको केन्द्रीय कमिटी बैठकबाट पौडेललाई हटाएर उनको ठाउँमा पाण्डेलाई महासचिव नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
महासचिवका लागि भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि चर्चामा थियो ।
उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले महासचिवमा भीम रावलको नाम अघि सारेका थिए भने अर्का अध्यक्ष प्रचण्डले भने वर्षमान पुन र जनार्दन शर्मामध्ये एक जनालाई महासचिव बनाउन चाहेका थिए ।
नेकपा एक हुँदा पहिलो वरियताका बरिष्ठ नेता रहेका झलनाथ खनालले भने पाण्डेलाई महासचिव बनाउन चाहेका छन्।