

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन् ।
राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन् ।
स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो ।
उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो ।