ओली छोडेर प्रचण्ड-नेपालतिर फर्किए शेरबहादुर तामाङ



काठमाडौं । सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी भएका(नेकपा) सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड नेपाल समूहमा फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा बोलाएको नेकपा सांसदहरुको बैठकमा तामाङ गएका थिए ।

त्यसका भोलिपल्ट बोलाइएको केन्द्रीय कमिटी बैठकमा समेत उनी सहभागी थिए । त्यही क्रममा उनले अविश्वासको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरुपयोग भएका समेत बताएका थिए ।

प्रचण्ड नेपाल नेतुत्वको नेकपाको बिहीबार बस्ने बैठकमा आफू सहभागी हुने तामाङले बताए ।

‘दुई दिन बालुवाटार गएँ। फेरि आज कार्की ब्यांकेटमा बस्ने केन्द्रीय कमिटी बैठकमा जाँदैछु। अब म प्रचण्ड-नेपालतिरै फर्किएको छु,’ उनले भने,’यसमा हाम्रो केही दोष छैन। नेताहरूकै दोष हो। मलाई प्रचण्ड-नेपालकै कुरा चित्त बुझेकाले यतै रहने निर्णय गरेको हो।’

आफ्ना सर्कलका साथीहरु र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड नेपालतिर भएकाले भावनात्मक रपमा पनि यतै लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्