ओली सरकारविरुद्ध प्रदर्शन गर्दै कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरूद्ध प्रदर्शन गर्ने तयारी गरेको छ।

यसबारे आज बसेको केन्द्रीय कार्यसमितिमा छलफल भए पनि निर्णयमा कांग्रेस पुगेको छैन।

बिहीबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकले सरकारविरूद्ध प्रदर्शनबारे निर्णय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा भंग गरेकोमा उक्त कदम असंवैधानिक भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्