प्रचण्ड-नेपाल समूहको महासचिव बन्ने लाइनमा ४ जना



काठमाडौं । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले महासचिव पनि नयाँ नियुक्त गर्ने तयारी थालेको छ।

एक पार्टी हुँदा बिष्णु पौडेल नेकपाका महासचिव थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बुधबारको बैठकबाट पौडेललाई हटाएर उनको ठाउँमा नयाँ महासचिव नियुक्त गर्ने सम्भावना छ ।

नयाँ समूहको महासचिवमा भने उक्त समूहभित्र सर्वसम्मति छैन । स्रोतका अनुसार अहिलेसम्म महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा छ ।

उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले महासचिवमा भीम रावलको नाम अघि सारेका छन् । रावल नभएपछि वेदुराम भुसाललाई पनि महासचिव बनाउन सकिने उनको भनाइ छ ।

अर्का अध्यक्ष प्रचण्डले भने वर्षमान पुन र जनार्दन शर्मामध्ये एक जनालाई महासचिव बनाउन चाहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्