ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई बनाउने तयारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको संसदीय दलको भेला बस्दैछ । बुधबार दिउँसो पौने १ बजे संसद भवन बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकले केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

यसअघि हिजो मात्र प्रचण्ड दाहाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर नेता नेपाललाई अध्यक्ष बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्