संसद सचिवालयले भन्यो : अविश्वासको प्रस्ताव पुस ५ गते ३ः३० बजे नै दर्ता भएको थियो



काठमाडौं । संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको प्रष्ट पारेको छ । यसअघि सभामुखको सभामुखको सचिवालयले अविश्वासको प्रस्ताव बिहान साढे १० बजे दर्ता भएको जनाएको थियो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै सभामुखलाई सम्बोधन गर्दै विधिवत् पेश भई सभामुखको तोक आअ‍ेशपछि सोही दिन अपरान्ह ३ बजेर ३० मिनेटमा कार्यव्यवस्था शाखा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएको छ ।

कतिपय अनलाइनमा साढे १० बजेको समयलाई टिपेक्स्ट लगाएर साढे ३ बजे बनाइएको समाचारहरु प्रकाशित भएका थिए । भ्रम फैलिएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै प्रष्ट पारेको हो ।

प्रतिक्रिया दिनुहोस्