आफू क्यान्सरबाट मर्छु भन्ने डरले ७ बर्षका छोराको हत्या गरी यी महिलाले गरिन् आत्महत्या…



रुसकी ३५ बर्षिया महिला युलियाले आफू क्यान्सरबाट मर्छु भन्ने डरले ७ बर्षका छोराको हत्या गरेर आफूले आत्महत्या गरेकी छिन् ।

क्यान्सरका कारण निकै पिडित युलियाले केही सोच्न नसकेपछि आफ्नो छोरालाई मारेर आफू पनि मर्ने निर्णय गरिन् । उनले बाथटबमा डुबाएर छोराको हत्या गरिदिइन् र त्यसपछि झुण्डिएर आफै पनि संसारबाट बिदा भइन् । युलियाकी आमाले बताए अनुसार बिहे हुनुभन्दा अगाडी उनी स्वस्थ र निकै खुुसी पनि थिइन् । तर उनको वैवाहिक सम्बन्ध बिग्रदै गएपछि उनको स्वास्थ्य पनि बिग्रदै गयो । उनले निकै तनाव लिने गरेकाले डाक्टरहरुले नै उनी बाँच्ने सम्भावना ९७ प्रतिशत रहेको बताएका थिए ।

तर स्वयम युलियालाई आफू बाँच्छु भन्ने नै थिएन । मर्नबाट डराउने युलियाले आफ्नै ज्यान लिने निर्णय लिएकोमा स्वयम उनकी आमा अचम्ममा छिन् ।

प्रतिक्रिया दिनुहोस्