घट्यो सुनचाँदीको मूल्य



नेपाली बजामार बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार तोलमा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९३ हजार ५०० रुपैयाँमा पुगेको छ ।

सुनसँगै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मगंलबार चाँदी तोलमा १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार यसको मूल्य घटेर १ हजार २ सय ६५ भएको छ ।

प्रतिक्रिया दिनुहोस्