प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा बहस सुरु



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशामा बहस शुरु भएको हो । संसद विघटन असंवैधानिक भएको दावी गर्दै सर्वोच्चमा १२ वटा रिट दर्ता भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन उक्त सिफारिसलाई सदर गर्दै संसद विघटन भएको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्