

हेटौंडा । त्रिभुवन राजपथ बन्नुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पु¥याउने मध्येका एक हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका ५ पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो ।
पक्षघात रोगबाट पीडित उनी पछिल्लो समय आफन्तको सहारामा भित्रबाहिर गर्थे । राति ११ बजे उनको मृत्यु भयो, स्थानीय जनप्रतिनिधि चमेली वाइबाले भनिन्, हाम्रो एउटा इतिहासको अन्त्य भयो । राणाकालदेखि नै भीमफेदीबाट गाड बोकेर काठमाडौं पु¥याउनेहरुमध्ये पछिल्लो समय उनी मात्र जीवित थिए । अरुको यसअघि नै निधन भइसकेको छ । त्यति बेला यसै क्षेत्रका केही बासिन्दाले मात्र गाडी बोक्थे ।