रेखाको गुनासो– ‘आफू मरेर देश बाचोस् भन्ने कोही छैन’



संसद विघटन भएसँगै सामाजिक सञ्जालमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले आफ्नो भडास पोखिरहेका छन् । नायिका रेखा थापा त्यसैपनि आफूलाई चित्त नबुझ्ने कुरा भनिहाल्ने अभिनेत्रीमा पर्छिन् । उनले अरु बेला पनि आफूलाई कुनै कुरा चित्त नबुझे सामाजिक सञ्जालमा स्टाटस लेखिहाल्थिन् । संसद विघटन भएपछि उनले सामाजिक सञ्जाल मार्फत गुनासो पोखेकी छिन् ।

नले सामाजिक सञ्जालमा एकिकरण गर्न महिला पछि नपरेको चर्चा गरेकी छन्। अंग्रेजसँग लडेर जोगाएको देशलाई केहि कुपोषित मान्छेहरुले आफ्नो स्वार्थको मैदान बनाएको बताएकी छन्। उनले लेखेकी छन्,‘ अंगे्रजसँग लडेर जोगाएको यो देश केही कुपोषित मान्छेले आफ्नो स्वार्थको मैदान बनाए । आफु मरेर देश बाचोस भन्ने कोही छैन, सबै आफुलाई केन्द्रमा राखेर सोच्ने गरेको देखिन्छ । हामी महान ईतिहास भएका तर हरुवा युगका साक्षी बन्ने भयौ।’

रेखाको स्टाटसमा धेरैले समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्