संसद जिउँदो रहेको भन्दै ४ सांसदले गरे रिट दायर



काठमाडौं । संसद विघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको जिकिरसहित नेकपाका ४ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार रिट दायर गरेका सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए।

उनले नेकपाका सांसदको रिट तयार गरेका हुन्।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसदको नामबाट रिट दिने तयारी थियो। तर सबैको नागरिकता लगायतका आवश्यक डकुमेन्ट भेला गर्न गाह्रो भएकाले चार जनाले मात्र रिट दिएको सांसद पोखरेलले बताए।

उनका अनुसार रिटमा प्रतिनिधि सभा विघटनपछि विभिन्न दलहरूले निकाले विज्ञप्ति र संयुक्त छलफलपछि दलहरूले गरेका निर्णय पनि समावेश गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्