प्रचण्ड-नेपाल समूहतिर लागे नेकपाका दुर्ई तिहाइ केन्द्रीय सदस्य



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड-माधव समूहतिर लागेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।

प्रतिक्रिया दिनुहोस्