यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका निर्णयहरु…



काठमाडौँ । कर्णाली प्रदेश सरकारको यहि पौष ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । प्रदेश सरकारका प्रवक्ता एवम भूमी व्यवस्था, कृषि तथा सहकार्यमन्त्री बिमला केसी पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद बैठकले गरेका ८ निर्णयहरु सार्वजनिक गरेकी हुन् ।

निर्णय परिपक्क बनाउन खोजिएकाले सार्वजनिक गर्न ढिलाई भएको मन्त्री केसीले बताइन् । उनका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्ताव गरेकोे मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय भएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट लोपन्मुख राउटे जातिको संरक्षण र सर्वद्धन गर्न प्रतिव्यक्ति मासिक रु.२००० (दुई हजार) रकम आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गुँरास गा.पा.लाई वित्तीय हस्तान्तरण गर्ने र गुँरास गा.पा.ले नियम अनुसार वितरण गर्ने निर्णय भएको छ । उनका अनुसार बैठकले खाद्यान्न खरिद तर्फको खर्च शिर्षकबाट विनियोजित भएको रकम मध्येबाट रु.१५ करोड र कोभिड शिक्षातर्फको खर्च शिर्षकबाट विनियोजित रकम रु.१० करोड क्रमागत आयोजनाहरुको लागि हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा प्रस्तावित शान्ति तथा पुर्नस्थापना केन्द्र स्थापना गर्न बनेको विधयेक कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता गर्न स्वीकृत गर्ने र द्धन्द्ध पिडित घाइते, अपाङ्ग उपचार राहत खर्च कार्यविधि २०७७ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

बैठकले भूमी व्यवस्था कृषि तथा सहकार्य मन्त्रालयद्धारा प्रस्तावित सहकारी संस्थामार्फत ब्याज अनुदान कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री केसीले बताइन् ।

उनका अनुसार सामाजिक विकास मन्त्रालयद्धारा प्रतावित खेलकुद परिषद्का उपाध्यक्ष र सदस्यमा निम्न पदाधिकारीहरुलाई नियुक्त गर्ने निर्णय गरिएका छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्