ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष प्रचण्डले वामदेव गौतम र रामबहादुर थाप बादल लाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबीसमेत गरे ।

साथै केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको प्रचण्डको दाबी छ ।

थापाथलीस्थित कार्की पार्टी प्यालेसमा आयोजित आफ्नो समूहको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले केपी ओलीमाथि प्रश्न गरे– ‘एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ?’

प्रतिक्रिया दिनुहोस्