बिहेमा २० जना मात्र बोलाउन पाइने नियम नतोडी यी जोडीले आफ्नो विवाहमा बोलाए १० हजार पाहुना !



कोरोनाको महामारीका कारण विश्वका प्राय मुलुकमा धेरैजना भेला भएर कुनै समारोहमा जान प्रतिबन्ध लगाइएको छ । विवाह, अवार्ड समारोह भनेको अत्याधिक मानिसको चाँप रहने समारोहहरु पर्छन् । अहिले धेरैजना भेला भएर कुनैपनि समारोह गर्ने स्थिति नभएकाले निकै सिमित पाहुनाको साथमा विभिन्न समारोहहरु भैरहेका छन् ।

यसैबिच एक जोडीले कोरोनाको प्रतिबन्ध हुदाँहुदैँ पनि आफ्नो विवाहमा १० हजार पाहुनालाई बोलाएका छन् । यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यत्तिका पाहुना बोलाउदाँ पनि ती जोडीले सरकारको नियम भने तोडेका छैनन् ।

प्राप्त जानकारी अनुसार कोरोना प्रतिबन्ध अन्तर्गत मलेसियामा केवल २० जनालाई बिहेमा बोलाउन पाइन्छ । त्यसैले यो जोडीले आफ्नो बिहेलाई ‘ड्राइभ थ्रु इभेन्ट’मा बदलिदिए । यसो गरेर उनीहरुले १० हजार पाहुना बोलाए । ड्राइभ थ्रु अर्थात पाहुनाहरु आफ्नो कारमा चढेर आए र बिहे समारोह भइरहेको ठाउँमा आफ्नो कार विस्तारै चलाए । बिहेपछि आइतबार यो जोडी मलेसियाको पुटराज्याको एक सरकारी भवन अगाडि बसे । यही क्रममा पाहुनाहरु आ–आफ्नो कारमा उनीहरुकहाँ आए, उनीहरुलाई शुभकामना दिए र कारबाट नओर्लिकनै गए ।

रिपोर्टका अनुसार ३ घण्टामै १० हजार पाहुना बिहेमा सहभागी भएका थिए । पाहुनालाई डिनर पनि दिइएको थियो । यसको लागि खाना पहिले नै प्याक गरेर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्