कसैलाई कारबाही गर्दिन, पार्टी पनि फुटाउँदिन : प्रधानमन्त्री अ‍ोली



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटको केन्द्रीय समिति बैठकमा पार्टी नफूटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन् ।

उनलाई प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको बेला ओलीले भने यस्तो बताएका हुन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे । ओलीको भनाई उद्दत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं’ ।

प्रतिक्रिया दिनुहोस्