गुप्तचरका पहुँचवाला दुई इन्सपेक्टर डिएसपीमा बढुवा



काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुई जना इन्सपेक्टरलाई प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) मा बढुवा गरिएको छ ।

छड्के बाटोबाट राष्ट्रिय अनुसन्धान विभागमा ईन्ट्रि गरेकी बिना केसी र सुन्दरमणी पोखरेललाई प्रमुख अनुसन्धान अधिकृतकमा बढुवा गरेको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राअवी प्रमुख गणेश अधिकारीले अन्य पतिस्पर्धीलाई पाखा लगाउँदै उनिहरुलाई बढुवा गरेका हुन् । बिना केसी प्रधानमन्त्री ओली निकट मानिने गोविन्द थापाकी पत्नि हुन् ।

प्यूठान घर भएका सुन्दरमणी पोखरेल ओली निकट नेताका छोरा हुन् । केही समयअघि चीनमा तालिम गरेर फर्केका पोखरेल बुटवलमा कार्यरत छन् ।

बिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘स्टिङ अपरेशन’ गर्ने टिममा कार्यरत छिन् । चार बर्षदेखी अख्तियारमा अड्डा जमाएकी बिनालाई बढुवा गर्दा सो ब्याचका १४ जना प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया दिनुहोस्