बालुवाटारमा ओली समूहको बैठक सुरु



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक आरम्भ भएको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय कमिटीको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अध्यक्षतामा आरम्भ भएको जानकारी दिए ।

बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको हो । ओलीले बोलाएको बैठकमा ओली समूहका सहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका केही नेतापनि सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्