गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे प्रचण्ड



काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका छन् ।

हिजो पनि थापासँग छलफल गरेका प्रचण्ड आज पनि बिहानै पुल्चोक पुगेका हुन् ।

नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका बेला नेता थापा भने कुनै समूह तर्फ खुलेका छैनन् । दुवै अध्यक्षसँग सल्लाह गरेर आफूले निर्णय लिने बताएका थिए ।

हिजै बेलुका थापाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग १ घण्टा छलफल गरेका थिए ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि हिजो दुवै अध्यक्षले राखेका कुनै भेलामा थापा सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्