आज नेकपा, कांग्रेस र जसपाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । तीन ठूला दलको केन्द्रीय समिति बैठक आज मंगलबार बस्न लागेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक मंगलबार बेग्लाबेग्लै समयमा बस्दैछ ।

सत्तारुढ दल नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केन्द्रीय कार्यसमिति बैठक राखेका छन् । ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान ९ बजे बालुवाटार बोलाइएको छ ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य दिउँसो १ बजे थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बस्दैछन् ।

कांग्रेसले आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक राखेको छ।

प्रतिक्रिया दिनुहोस्