गोयलसामु गलेको ‘राष्ट्रवाद’ !



प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर सामन्त गोयलको काठमाडौँ आगमनपछि क्रमशः क्षयउन्मुख भएको छ ।

आफ्नै सहमतिमा छापिएको सीमा समस्यासम्बन्धी किताब शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई वितरण नगर्न निर्देशन दिँदा उनको झुकाव भारततिर बढिरहेको प्रतीत भइसकेको थियो ।

उनले गोलसँगको भेट सकभर गोप्य राख्न खोजेका थिए तर गोयल पक्षले नै त्यसलाई प्रचारमा ल्याइदिएपछि मध्यरातको भेट ढिलो गरी सार्वजनिक गर्न बालुवाटार बाध्य भयो । रअ प्रमुखसँगको अपरादर्शी भेटपछि नेकपाको संकट गहिरियो र ओली स्वयम् राष्ट्रवादी छवि पार्टीभित्र–बाहिर दुवैतिर धुमिलिँदै गयो ।

लिपुलेक सीमा विवादका विषयमा विवादास्पद टिप्पणी गरेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नवरणेलाई उक्त विवाद कायमै रहेका बेला काठमाडौँ आउने निम्तो दिइयो । यता, आन्तरिक राजनीति चर्किरहेका बेला मंसिर २५ गते भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले एकाएक काठमाडौँ ओर्लिए ।

उनीसँग प्रधानमन्त्रीको भेट पनि सुरुमा गोप्य नै राख्न खोजिएको थियो । चौथाइवाले आफैले ट्वीट गर्दै नेकपा महासचिव विष्णु पौडेलले काठमाडौँ भ्रमणको निम्तो दिएको खुलासा गरेपछि त्यो भेट गोप्य रहेन । पार्टी विदेश विभागलाई सामान्य जानकारी पनि चौथाइवालेलाई बोलाएको भन्दै फेरि एक पटक नेकपाभित्र ओली कार्यशैलीको आलोचना भयो ।

बालुवाटरले यी पछिल्ला भ्रमणहरुबाट दिल्लीसँग विश्वासको सम्बन्ध बढाउन चाहेको देखिन्छ । तर यस क्रममा देखिएको अपारदर्शी प्रवृत्तिले प्रधानमन्त्री ओलीको राष्ट्रवादी छविलाई क्रमशः कमजोर बनाउँदै लगेको छ। उनका आफ्नै पूर्वअडानहरु पनि खस्कँदै गएको देखिन्छ । आफ्नो सत्ता जोगाउनका लागि पाँच वर्षअघि हासिल गरेको राष्ट्रवादी छविलाई पनि दाउमा लगाए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्