नेकपा बागमती प्रदेशले कुनै कार्यक्रम आयोजना गरेको छैन : अध्यक्ष दाहाल



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालद्वारा जारी विज्ञप्ति अनुसार पार्टीको बागमती प्रदेश कमिटीले भोलि ७ पौष, २०७७ का दिन कुनै बैठक नबोलाएको स्पष्ट पारेको छ।

पार्टी प्रदेश ईन्चार्ज र अध्यक्षद्वारा हस्ताक्षरित सूचना अनुसार सोहि दिन १ बजे कार्की पार्टी प्यालेस बबरमहलमा पार्टीको केन्द्रिय कमिटीको बैठक भएकोले प्रदेश पार्टी नेतृत्व उक्त बैठकमा सहभागी हुने जानकारी समेत गरिएको छ।

पार्टीमा व्यक्तिगत प्रवृति बढ्दै गएकोले आगामी दिनमा पार्टी प्रदेशका सबै बैठक र कार्यक्रमको आधिकारीक जानकारी पार्टी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालको नामबाट मात्र आउने समेत जानकारी गरिएको छ।

नेकपा बागमतीद्वारा जारी पार्टीको आधिकारीक सूचना :

प्रतिक्रिया दिनुहोस्