केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, पश्चगामी एवम् स्वेच्छाकारी कदम विरुद्ध एकजुट हुन नेता कार्यकर्तालाई प्रचण्डको आह्वान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको संसद विघटनको कदमपछि सवै नेकपा नेता कार्यकर्ताहरु संसङकित भएका छन् । दाहालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको पार्टीविरोधिले एर्कीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने उल्लेख गरेका छन् ।

हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्नेछैन, विज्ञप्तिमा भनिएको छ, नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिमाणस्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो । पार्टी एकतालाई कमजोर पार्ने सवै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन प्रचण्डले नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

Image may contain: text

प्रतिक्रिया दिनुहोस्