टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु



काठमाडौं । टिकटकले कोहिको जिवन उच्च स्थानम पु¥याएको छ भने, कोहिको डामाडोल नै बनाएको छ । हो त्यस्तै भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाले झोलुङ्गे पुलमा टिकटक बनाउँदा पुलबाट खसेर मृत्यु भएको छ ।

रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले आइसियूमा उपचाररत् थापाको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जानकारी दिए ।

शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा न. ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।

थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए । लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरम खसेका थिए ।

प्रहरीका अनुसार पिकनिकमा मदिरा सेवन गरेपछि साथीले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि थापा टिकटक बनाउन भन्दै पुलमा झुन्डिन गएका थिए।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम केसीले पिकनिक खाइसकेपछि साथीसँगै झोलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै असावधानीपूर्वक सपोर्ट तारमा झुन्डिएको र पछि त्यहाँबाट आउन प्रयास गरे पनि आउन नसकेपछि हात गलेर त्यहीबाट बगरमा खसेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्