वैशाख २७ गते एकै चरणमा निर्वाचन गर्न सरकारलाई आयोगको सुझाव



काठमाडौं । वैशाख २७ प्रतिनिधि सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते गरि दुई चरणमा निर्वाचन गर्नको मिति तय गरेलगत्तै आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर एकैचरणमा निर्वाचन गर्न सुझाव दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्त सहितको टोली आइतबार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटेको थियो । भेटमा आयोगले दुई चरणमा निर्वाचन गर्न खर्चिलो र झण्झटिलो हुने भन्दै एकैचरणमा निर्वाचन गर्न आयोगलाई सुझाव दिएको हो ।

प्रमखु आयुक्त थपलियाले राष्ट्रपति कार्यालयबाट आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्नका लागि पत्र आयोगलाई प्राप्त भएको बताए । उनले १ सय २० दिन (चार महिना) कानुनअनुसार निर्वाचन तयारीका लाग आवश्यक पर्ने बताउँदै अब आयोग निर्वाचनको तयारीमा जुट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्