‘संविधानअनुसार संसद जिवित नै छ’ : जनार्दन शर्मा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरिसकेका छन् ।

तर नेकपा सांसदसमेत रहेका उनले संविधानअनुसार संसद जीवितै रहेको बताएका हुन्।

‘संविधानअनुसार संसद जिवित नै छ,’ शर्माले आइतबार बिहान फेसबुकमा लेखेका छन्।

प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गरेको र राष्ट्रपतिबाट अनुमोदन भएकोमा नेकपाभित्रैबाट विरोध भइरहेको छ।

ताजा जनादेशका लागि भन्दै सरकारले वैशाखमा निर्वाचन गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्