संसद विघटन विरुद्ध सर्वोच्चमा पेश भए तीन रिट



काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन् ।

तर रिट दर्ता भैसकेका भने छैनन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर वली र सुलभ खरेलले सर्वोच्चमा रिट पेश गरेका हुन् ।

‘प्राविधिक पक्षको परीक्षण नभएकाले दर्ता भैसकेको छैन’, सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले भने, ‘प्राविधिक रुपमा सहि भए भोलिसम्म दर्ता हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्