‘प्रधानमन्त्री ओलीको कदम गलत र भत्र्सना योग्य छ’ : बामदेव गौतम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् ।

‘गत आम निर्वाचनमा झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भर्त्सना योग्य छ,’ गौतमले भनेका छन् ।

प्रधानमन्त्रीको कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्