पृतनापतिहरूलाई ‘हाई अलर्ट’मा रहन सैनिक मुख्यालयको निर्देशन



काठमाडौं । सैनिक मुख्यालयमा उच्च सैनिक अधिकृतहरूको बैठकमा संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल भएको छ।

उक्त बैठकमा सैनिक उच्च अधिकारीहरूले पृतनापतिहरूलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएको सैनिक स्रोतले बतायो।

संसद विघटनअघि नै बैठक सुरू भएको थियो । सेनाको यो नियमित बैठक थियो । नियमित बैठक चलिरहँदै त्यहाँ संसद विघटन सिफारिसको खबर पुगेको थियो ।

‘संसद विघटनपछि देशमा हुलदंगा हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे हाई अलर्टमा बस्न निर्देशन दिइएको छ,’ सैनिक स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्