
श्रीमानले जुवा खेल्ने क्रममा आफ्नै श्रीमती दाउमा राखेका छन् । जुवामा हारिसकेपछि श्रीमानले आफ्नी श्रीमतीलाई अरुको जिम्मा लगाइदिए र उनको सामुहिक बलात्कार हुन दिए । त्यतिमात्र होइन श्रीमतीले उक्त कुराको विरोध गरेपछि श्रीमानले श्रीमतीलाई शुद्ध बनाउनको लागि एसिड समेत खन्याइदिएका छन् ।
यो घटना भारतको भागलपुरको हो । हाल प्रहरीले ती व्यक्तिलाई पक्राउ गरिसकेको छ । प्रहरीलाई बयान दिने क्रममा उक्त व्यक्तिले आफूले जुवामा श्रीमती हारेको र एक महिनाको लागि उनलाई अरुकोमा पठाउनुपर्ने हुदाँ श्रीमती नमानेपछि उनीमाथि एसिड प्रहार गरेको बताएका छन् ।
पुलिसले पीडितको बयानको अध्ययन गरिरहेको बताएको छ । अभियुक्तका परिवारले एसिडले जलेका घाउसहितकी पीडितलाई घटना लुकाउने उद्देश्यले घरमै थुनेर राखेका थिए । आइतबार ती महिला थुनिएको ठाउँबाट भाग्न सफल भएकी थिइन् । पीडित भागेर लोदीपुरमा माइती गएर घटनाबारे सबै बताएपछि मात्रै घटनाको खुलासा भएको थियो । पिताले पीडितलाई तत्कालै लोदीपुर पुलिस स्टेशन लिएर गएका थिए जहाँबाट उनलाई मोजाहिदपुर पुलिस स्टेशन पठाइएको थियो ।





